नेपाली विद्यार्थीलाई सुरक्षित रहन बंगलादेशस्थित नेपाली दूतावासको आग्रह

Logo
Popular News सोमबार, साउन २१, २०८१

काठमाडौँ, २१ साउन । बंगलादेशमा कोटा विरोधी आन्दोलन पुनः चर्किन थालेपछि बंगलादेशस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

दूतावासले एक सूचना जारी गरेर बंगलादेशमा कोटा विरोधी आन्दोलन हिंसात्मक बन्न थालेपछि नेपालीहरूलाई सुरक्षित रहन आग्रह गरेको हो ।

दूतावासका अनुसार त्यहाँ करिब ४०० नेपाली छन् । त्यहाँ अध्ययनरत अधिकांश नेपाली विद्यार्थी नेपाल फर्किइसकेका छन् । बाँकी रहेकाहरूसँग दूतावासले निरन्तर सम्पर्क गरिरहेको जनाएको छ ।

नेपाल फर्किन चाहनेलाई दूतावाससँग समन्वय गरेर सुरक्षा प्रबन्ध सुनिश्चित भएपछि मात्रै यात्रा गर्न समेत दूतावासले आग्रह गरेको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800