इनरुवा, २१ साउन । सप्तकोशी नदिको (कोशी ब्यारेज) पुलमा पैदल हिड्न र सवारीसाधन चढ्न निषेध गरिएको छ ।
कोशी ब्यारेजबाट सप्तकोशीमा हामफालेर आत्महत्या प्रयास गर्ने जोखिम भएका कारण पुलमा पैदल हिँड्न र त्यहाँबाट सवारी साधन चढ्नमा रोक लगाइएको हो ।
कोशी र मधेस प्रदेशको सिमानामा पर्ने सुनसरी र सप्तरी जोड्ने ब्यारेज पुलमा चढ्न तथा ढोका नजिक भएर हिँड्न प्रवेश निषेध गरेको सूचना टाँस गरिएको छ ।
पछिल्लो समय सप्तकोशी नदिमा हामफालेर आत्महत्या गर्न खोज्नेको संख्या बढदै गएको देखिएपछि रोक लागएको जनाएको छ ।