इनरुवा, २२ साउन । इनरुवा नगरपालिकाले शिक्षकहरुको आन्तरिक सरुवाका लागि सूचना निकालेको छ ।
मंगलवार इनरुवा नगरपालिकाले नगरभित्र रहेका सामुदायीक विधालयमा कार्यरत शिक्षकले आफुलाई पाएक पर्ने विधालयमा कामकाज गर्ने गरि आन्तरिक सरुवाको लागि निवेदन पेश गर्न सूचना निकाले हो ।
नगरपालिकाले निकालेको सूचनामा “इनरुवा नगरपालिका भित्र रहेका समामुदायीक विधालयमा कार्यरत शिक्षकहरुको दरवन्दी मिलान तथा व्यवस्थापन हुने भएकोले नगरभित्र संचालित विधालयहरुका शिक्षकहरुले आफुलाई पायक पर्ने विधालयमा कामकाज गर्ने गरि आन्तरिक सरुवाका लागि तोकिएको ढाँचामा मिति २०८१ श्रावण मसान्तसम्ममा निवेदन पेश गर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ” भन्ने उल्लेख गरिएको छ ।
इनरुवा नगरभित्रका सामुदायीक विधालयहरुको शिक्षकहरुको आन्तिरिक सरुवा गर्नुपर्ने माग गर्दै विभिन्न समूहहरुले दबावका कार्यक्रमहरु गर्दै आएका छन ।