विराटनगर, ३२ साउन । कोशी प्रदेश सरकारले जनताको गुनासो सुनेर तत्काल सम्बोधन गर्ने उद्देश्य राखेर ’हेल्लो सीएम’ सेवा सुरु गरेको छ।
प्रदेश सुशासन ऐन, २०७६ अनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार ’हेलो सीएम’ सेवाको सुरुवात गरेका हुन् ।
मुख्यमन्त्री कार्कीले यसले शासकीय सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन । सरकारका विभिन्न सेवा र निकायका काम–कारबाहीलाई प्रभावकारी बनाउन ’हेलो सीएम’ कार्यक्रम महत्वपूर्ण हुने मुख्यमन्त्री कार्कीको विश्वास छ ।
२४ घण्टा जनताको गुनासो सुन्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।