इनरुवा, ३ भदौ । सुनसरीको गढी गाउँपालिका–२ थलहा टोलमा एक जनाको हत्या भएको छ ।
गढी गाउँपालिका–६ का ४६ वर्षीय ज्ञानचन्द्र ऋषिदेवको धारिलो हतियार प्रहार गरि हत्या भएको हो ।
उनको शव टाउको र शरीर छिन्नभिन्न अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । उनले सिमेन्ट, बालुवाको रिङ बनाउने काम गर्दै आएका थिए ।
हत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए ।