इनरुवा, २७ पुस । सुनसरीको बराहक्षेत्र–५ मा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट स्थानीय ६९ वर्षीय भीमबहादुर विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताएका छन ।
बिहीबार बिहान नजिकैको जनजागृति सामुदायिक वनमा घाँस काट्न गएका विष्ट दिउँसोसम्म नफर्किएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएको भण्डारीले बताए । घटनास्थलमा २–३ वटा जंगली हात्ती समूहमा देखिएको प्रहरीले जनाएको छ ।
दुई महिनायता झापाको बाहुनडाँगी क्षेत्रबाट नेपाल प्रवेश गरेका हात्तीको बथानले पूर्वी तराईमा ७ जनाको ज्यान लिइसकेको छ ।