इनरुवा, १० भाद्र । आज देशभर वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँदैछन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।
कोशी प्रदेशमा रहेको श्रीकृष्ण मन्दिरहरुमा पनि आज श्रीकृष्ण जन्माष्टमी पर्व धुमधामका साथ मनाइँ रहेको छ । मोरङ, झापा, सुनसरी लगायतका श्रीराधाकृष्ण मन्दिरमा भक्तजनको भिड बढेको छ ।
यसै उपलक्ष्यमा विराटनगर सुनसरी लगायतका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने भएको छ । शोभायात्रा आज मध्यरातमा श्रीकृष्णको जन्म भएपछि मङ्गलबार भोलिपल्ट निकाल्दै आएको छ ।
सुनसरी इनरुवा वडा नम्बर ३ मा रहेको श्रीराधाकृष्ण मन्दिरमा भक्तजनहरु धुमधामका साथ पुजाआरधाना गरिरहको छ । भोलि श्रीराधाकृष्ण रथयात्रा ३ बजेपछि निकालिने भएको श्रीराधाकृष्ण सेवा समितिको अध्यक्ष केशरी अधिकारीले जानकारी गराएको छ ।