इनरुवा, १३ भदौ । शंकरपुर नहरको बाटो वर्खायाममा खाल्डाखुल्डीले गर्दा आवतजावतमा रहेको समस्या समाधान हुनेभएको छ ।
इनरुवा नगरपालिका वडा नम्बर ९ साबिक बबिया ४ देखी जल्पापुर सिमानासम्म शंकरपुर नहरको सडकमा रहेको खाल्डाखुल्डी पुर्ने र मर्मतसंभार गरिएको छ । जोखिमपूणर् रहेको शंकरपुर नहरको सडकमा खाल्डाखुल्डीलाई पुर्ने कार्य भएको इनरुवा नगरपालिका कार्यालयले जानकारी गराएको छ ।
शंकरपुर नहरको बाटोभएर दैनिक विद्यार्थी, कृषक, रोजगारी गर्ने, व्यापारी स्थानीयलगायत सबैलाई मध्यनजर गर्दै बाटोको खाल्डाखुल्डीलाई पुर्ने र मर्मत गरिको इनरुवा नगरपालिकाको नगरप्रमुख केदार भण्डारीले जानकारी गराएको छ ।
कौवाखोज इनरुवा सडक निर्माणधिन अवस्थामा रहकाले अधिकांश दक्षिणभेगका जनताहरु नरहको बाटोभई सदरमुकाम इनरुवा आवातजावत गर्दै आएको छ । सडकमा रहको खाल्डाखुल्डीले दर्जनौ सवारीसाधन दुर्घटनामा परेको स्थानीयले जानकारी गराएको छ ।