सुनसरीका सदानन्द मण्डल बने वन मन्त्री

Logo
Popular News शुक्रबार, भाद्र २८, २०८१

विराटनगर, २८ भदौ । कोशी सरकारमा सदानन्द मण्डल वन, पयर्टन तथा वतावरण मन्त्री बनेका छन । उनी सुनसरी क्षेत्र न. ४ (क)बाट नेपाली काँग्रेसका तर्फबाट निर्वाचित प्रदेश सासद हुन ।

मुख्यमन्त्री हिकमत कार्की नेतृत्वको कोशी सरकारमा वन मन्त्रालयको नेतृत्व गर्ने अवसर मण्डलले पाएका हुन । आन्तरिक विवादका कारण काँग्रेसले मन्त्री छान्न नसक्दा कोशी प्रदेशमा लामो समयसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन ।

नेपाली काङ्ग्रेसबाट नव नियुक्त मन्त्रीहरूमा खोटाङका भूपेन्द्र राईको नेतृत्वमा १ राज्यमन्त्री र ३ जना मन्त्री पठाएको हो । राई भौतिक पूर्वाधार मन्त्री बनेका छन् ।

नयाँ मन्त्रीमा ताप्लेजुङका खगेनसिङ हाङगाम उद्योग, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका छन् । भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा झापाका भूमिप्रसाद राजवंशी नियुक्त भएका छन् ।

नेपाली काँग्रेसको कोटामा रहेको स्वास्थ्य मन्त्रालयमा भने अझै मन्त्री नियुक्त हुन सकेको छैन । नेपाली काँग्रेस भित्र कुरा नमिल्दा यो मन्त्रालय मुख्यमन्त्रीको जिम्मेवारीमा राखिएको छ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800