विराटनगर, १० असोज । ब्यावसायिक सीप तथा तालिम प्रदायक संघ कोशी प्रदेशले आफ्नो अस्तित्व र पहिचानका लागि सामाजिक मन्त्रालय कोशी प्रदेशमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
बुधबार सामाजिक विकास मन्त्री पाँच कर्ण राईलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
६ बुँदे ध्यानाकर्षण पत्रमा तालिम प्रदायकहरुको समस्या, अस्तित्व र पहिचानको विषयमा उल्लेख गरिएको छ ।
नेपाल सरकार तथा सम्बन्धित निकायले सीप मुलक तालिमका लागि वर्षेनी ठुलो मात्रामा बजेट लागानी गरे पनि लक्षित समुहसम्म उक्त बजेट नपुग्ने र राज्यले प्राविधिक रुपमा सीप मुलक तालिम सञ्चालनकालागि तालिम प्रदायक संस्थाहरुलाइ स्विकृति दिए पनि NGO, INGO हरुको हालिमुहाली रहेको कुरा उल्लेख गरिएको छ । ध्यानाकर्षण पत्रमा CTEVT ले स्विकृत गरेको पाठ्यक्रममा नै सम्पुर्ण सीप मुलक तालिम कार्यक्रमहरु संचालन गर्नुपर्ने उल्लेख गरिएको छ भने स्थानीय तहले स्थानीय युवाहरु लाइ स्वरोजगार तथा रोजगारीकालागि लक्षित गरि सञ्चालन गरिने स्वरोजगारमुखि सीप विकास तालिम कार्यक्रमहरु तालिम प्रदायकको समन्वयमा संचालनहुनु पर्नेमा जोड दिएको छ । सरकारी निकायबाट प्राविधिक तर्फको रोजगारीकालागि माग गरिएको आवेदनहरुमा व्यापक अस्पष्टता भएको पत्रमा उल्लेख गरिएको छ ।
ध्यानाकर्षण पत्रमा सीप युक्त बैदेशिक रोजगारी, सीप परीक्षणको मापदण्डमा हुने जटिलतालाइ समेत जोडिएको छ ।
त्यसैगरी मन्त्री राईलाई ध्यानाकर्षण पत्र संगै संघले ८ बुँदे अनुरोध समेत गरेको छ । कोशी प्रदेश भरिका सम्पुर्ण CTEVT सम्बन्धन प्राप्त तालिम प्रदायक संस्थालाइ मन्त्रालयमा सुचीकृत गराउने प्रावधान मिलाइ सम्पुर्ण निकायमा परिपत्र गर्नकालागि अनुरोध गरिएको छ भने मन्त्रालयको पहलमा बेरोजगारीको अवस्थालाइ न्युनिकरण गर्न व्यापक रुपमा रोजगारीमुलक सीप सिक्नकालागि जनचेतनामुलक अभियान संचालनकालागि संघले जोड दिएको छ ।
कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँच कर्ण राईले ध्यानाकर्षण पत्र बुझ्दै सम्पुर्ण विषयहरूमा गम्भीरतापूर्वक अध्ययन र अनुसन्धान गर्ने बताउनुभएको छ भने चाडै नै सरोकारवाला निकायहरुलाई अभिमुखीकरण कार्यक्रमको आयोजना गर्ने र यथासिघ्र सुचिकृतको समेत व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
ब्यावसायिक सीप तथा तालिम प्रदायक संघ कोशी प्रदेश CTEVT सम्बन्ध प्राप्त तालिम प्रदायक संस्थाहरुको छाता संगठन हो ।
दशकौं देखि CTEVT सम्बन्ध प्राप्त गरि कोशी प्रदेशको विभिन्न जिल्ला र स्थानहरूमा सुविधा सम्पन्न भौतिक पूर्वाधार सहितको सीप मुलक तालिमहरु संचालन गर्दै आएको छ ।