‘रमणीय कोशी’ भन्ने नाराका साथ २०८२ लाई ‘पर्यटन वर्ष’ मनाउने कोशी सरकारको घोषणा

Logo
Popular News शुक्रबार, आश्विन ११, २०८१

विराटनगर, ११ असोज । कोशी प्रदेश सरकारले २०८२ लाई पर्यटन वर्षको रूपमा मनाउने भएको छ।

पर्यटन दिवसको अवसरमा विराटनगरमा शुक्रवार आयोजित कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ को घोषणा गरेका हुन् ।

‘रमणीय कोशी’ भन्ने नाराका साथ आगामी वर्ष २०८२ लाई कोशी पर्यटन वर्ष घोषणा गरेको हो । पर्यटन वर्षका लागि सरकारले२०८२ का लागि ८२ पर्यटकीय गन्त्व्यको सूची पनि तयार गरेको छ ।

मुख्यमन्त्री कार्कीले भौगोलिक, सामाजिक, सांस्कृतिक तथा जैविक विविधताले भरिपूर्ण कोशी प्रदेश पर्यटकीय दृष्टिकोणले अत्यन्तै उर्वर रहेको बताए ।

मुख्यमन्त्री कार्कीले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ लाई प्राथमिकतामा राखेका थिए । सरकारले पर्यटन वर्षका लागि १० करोड बजेट विनियोजन गरेको छ ।
नेपालकै होचो क्षेत्र झापाको केचनाकबलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा कोशी प्रदेशमा पर्छ । विश्वका १० अग्ला हिमालमध्ये ५ वटा हिमाल पनि कोशी प्रदेशमै छन् ।

कोशी प्रदेशमा पर्यटकीय गन्तव्यहरू पाथिभरा, वराहक्षेत्र र हलेसी, खुवालुङदेखि माङ्सेबुङ, फक्ताङ्लुङ, तुवाचुङ, जायजुङ जस्ता ऐतिहासिक र धार्मिक सम्पदाहरूले हाम्रो सामाजिक र धार्मिक विविधतालाई उजागर गरेको मुख्यमन्त्री कार्कीको भनाई छ ।

मुख्यमन्त्री कार्कीले यसका लागि प्रदेशको श्रोत र साधनले भ्याएसम्म पर्यटकीय गन्तव्यहरुको निर्माण गर्ने र प्रचारप्रसार गर्ने काम पनि सुरु गरेको बताए ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800