इनरुवा, १२ असोज । कोशी ब्यारेजको पुलमाथी पानी बग्न थालेपछि आवत जावतमा रोक लगाएको छ ।
सप्तकोशी नदीमा पानीको बाहब उच्च भएपछि खतरा हुने भन्दै आवत जावतमा रोक लगाइएको हो ।
अहिले कोशीमा ५ लाखा २१ हजार क्युसेक पानी प्रतिसकेण्ड बगिरहेको छ ।
कोशी ब्यारेज कन्ट्रोलका अनुसार पानीको बाहाब बढ्दो क्रममा छ । पानीको बाहाब उच्च भएकाले अहिले ब्यारेजका ५६ वटै ढोका खुल्ला गरिएको छ ।
बिहार सरकारको जल संशोधन विभागले कोशीमा पानीको बहाव बढ्ने भन्दै रेड अलर्ट जारी गरेको छ ।
बिहार सरकारअन्तर्गतको विभागले विज्ञप्ति जारी गर्दै शनिवार मध्याह्न १२ बजेसम्म वीरपुरस्थित कोशी ब्यारेजमा ६ लाख ८१ हजार क्युसेक जलप्रवाह हुने अनुमान गरेको छ ।