उच्च अदालतको आदेशले भत्काईयो मधेली बजारमा अनाधिकृत रुपमा निर्माण गरिएको घरटहरा

Logo
Popular News शुक्रबार, पुष २७, २०८०

इनरुवा, २७ पुस । सुनसरीको गढी गाउँपालिका वडा नम्बर १ मधेलीले मधेली बजारमा अनाधिकृत रुपमा निर्माण गरिएको घरटहरा भत्काईएको छ । गढी १ का वडा अध्यक्ष प्रदिप कुमार चौधरीको पहलमा सरकारी जग्गा र हाट बजार क्षेत्रमा अतिक्रमण गरेर बनाइएको अनाधिकृत घरटहरा भत्काईएको हो ।

वडा अध्यक्ष चौधरीले मधेली क्षेत्रका २८ वटा घरटहरा भत्काईएको जानकारी दिएका छन । गाउँपालिकामा नै पहिलो पटक यती धेरै संख्यामा घरटहरा भत्काईएको वडा सचिव लिला कोईरालाले जानकारी दिए । कोईरालाका अनुसार गढी गाउँपालिका १ नम्बर वडा कार्यालय आसपासको सार्बजनिक जग्गा अतिक्रमण गरि बनाएका २८ घरटहरा वडा अध्यक्ष  चौधरीको अगुवाइमा स्थानीय सुरक्षा निकाय र स्थानीय राजनितीक दल ,जनप्रतिनिधि तथा नागरिक समाजको सहयोगमा हटाईएको हो ।

अतिक्रमीत संरचना हटाई बजार ब्यबस्थापन गर्न र सार्बजनिक जग्गा संरक्षण गर्ने सम्बन्धमा गढी गाउँपालिकाबाट बिगत ३ बर्षदेखी प्रक्रिया शुरु गरिएकोमा स्थानीय सरोकारवालाबाट उच्च अदालत बिराटनगरमा गाउँपालिका र वडा कार्यालय समेतलाई विपक्षि बनाई बस्ती नहटाउन माग गर्दै मुद्धा दायर गरेका थिए । तर उच्च अदालत बिराटनगरले २०७८ साल पौष १९ गते अन्तिम फैसला गर्दै अतिक्रमित संरचना हटाई बजार ब्यबस्थापन गर्न र सार्बजनिक जग्गा संरक्षण गर्न गढी गाउँपालिका र १ नम्बर वडा कार्यालयको नाममा निर्देशनात्मक आदेश दिने फैसला गरेको थियो ।

उच्च अदालतको फैसला कार्यान्वयन गर्न वडा अध्यक्षको संयोजकत्वमा गत बर्ष एक अध्ययन कार्यदल समेत गठन भइ सो कार्यदलको सिफारिसमा कार्यपालिका बैठकले अतिक्रमीत घर टहरा हटाउन २०८० साल मंसिर मसान्तसम्मको समयावधि तोकिएको थियो तर सो अबधि सम्म पनि घर टहरा स्थानीयले नहटाए पछि सर्बपक्षिय बैठक बसि स्थानीय प्रशासनको सहयोगमा बस्ती हटाइएको हो ।

सार्बजनिक जग्गा ओगटेर बनाएका घर टहरा हटाउने कार्य एक ऐतिहासिक कार्य भएको र अब मधेलीमा बिकास निर्माण कार्यले गति लिने कुरामा बिश्वस्त रहेकोले यो कार्यबाट धेरै खुशी भएको वडा अध्यक्ष चौधरीले बताएका छन । अतिक्रमित संरचना हटाउन शसस्त्र प्रहरी बल दुहबीका ससस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओलि र इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ३१ जना सुरक्षा टोलि परिचालन गरिएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800