पानीको बहाव घट्दै गएपछि कोशी ब्यारेजमा आवतजावत सूचारु

Logo
Popular News आइतबार, आश्विन १३, २०८१

इनरुवा, १३ असोज । कोशी नदिमा पानीको बहाब घट्दै गएपछि ब्यारेजमा सवारी आवत जावत सुरुचारु भएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले पानीको बहाव कम भएकाले कोशी ब्यारेजमा आवत जावत सुचारु गरेको जानकारी दिएको छ ।

आज साँझ ५ बजेबाट आवागमन सुचारु गरेको प्रशासनले जानकारी दिएको छ ।

कोशीमा पानीको बहाव अत्यधिक भएर खतराको संकेत समेत पार गरेकाले प्रशासनले ब्यारेज क्षेत्रमा आवत जावतमा रोक लगाएको थियो । शनिबार साँझ ४ बजेबाट ब्यारेजमा आवागमनमा रोक लगाइएको थियो ।

निरन्तर पानीको बहाव घट्दै गएपछि आवत जावत सुचारु गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800