इनरुवा, १७ कार्तिक । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं १ स्थित काली मन्दिर मेलामा खुकुरी प्रहारबाट दुई जना गम्भिर घाईते भएका छन ।
शुक्रवार राति करिव १० बजे काली मन्दिरमा लागेको मेलामा दुई समूह विच विवाद हुदाँ खुकुरी प्रहारबाट दुई जना गम्भिर घाईते भएको हो ।
खुकुरी प्रहारबाट रमेश मेहता र सन्तोष मेहता गम्भिर घाईते भएको सुनसरी प्रहरीले जानकारी दिएको छ । उनीहरुको गोल्डेन अस्पताल विराटनगरमा उपचार भईरहेको छ ।
खुकुरी प्रहार गर्ने दिनेश साह र रमेश साहलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका नायव प्रहरी उपरीक्षक रामकुमार तिम्सिनाले जानकारी दिए । दिनेश र रमेश दुवै दाजुभाई हुन ।
स्थानिय व्यपारी समेत रहेका दिनेश साह मेला ठेक्का लिएको व्यक्ति भएको स्थानियले दाबी गरेका छन । मेलामा ढ्यास जुवाँ खेलाएको रिर्पोट प्रहरीलाई दिएको आरोपमा उनीहरु माथी आक्रमण गरेको स्थानियले बताएका छन ।