कोशीका तीन जिल्लामा ‘टाइम कार्ड’ शनिबारदेखि लागु

Logo
Popular News शनिबार, मंसिर १५, २०८१

इनरुवा, १५ मंसिर । कोशी प्रदेशका तीन जिल्लामा शनिबारबाट यात्रुवाहक सवारी साधनका लागि टाइमकार्ड लागू गरिएको छ ।

बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि भन्दै कोशी प्रदेशमा तीव्र गतिमा गुड्ने सवारी साधनको गति कम गर्नका निम्ति टाइम कार्ड लागू गरिएको हो ।

मोरङको सुन्दरहरैचा स्थित गछिया चौकमा एक कार्यक्रम गरी कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी चन्द्रकुवेर खापुङले टाइम कार्डको सुरुवात गरेका हुन ।

पहिलो चरणमा पूर्वपश्चिम राजमार्गको काँकडभिट्टादेखि कोशी ब्यारेज र कोशी राजमार्गको विराटनगरदेखि धरानसम्मको रुटमा चल्ने यात्रुवाहक सवारीसाधनलाई लक्षित गरी झापा, मोरङ र सुनसरीमा टाइमकार्ड लागू गरिएको प्रहरी नायब महानिरीक्षक डीआईजी खापुङले जानकारी दिए ।

विराटनगर बसपार्कदेखि इटहरी बसपार्कसम्मको २४ किलोमिटर दूरीका लागि ४५ मिनेटको समयावधि तोकिएको छ भने इटहरीदेखि धरानसम्म २० किलोमिटर दूरीका लागि ३८ मिनेटको समयावधि तोकिएको छ । काँकडभिट्टादेखि बिर्तामोडसम्मको १७ किलोमिटर दूरीका लागि ३० मिनेट समय निर्धारण गरिएको छ । झापाको केर्खादेखि मोरङको बेलबारीसम्मको ३३ किलोमिटर दूरीका लागि एक घण्टाको समय निर्धारण गरि टाइमकार्ड लागु गरिएको छ ।
‘टाइम कार्ड’ लागू गरेपछि सवारी साधनको ‘स्पिड’ कम हुने र दुर्घटना न्यूनीकरण हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800