मोरङको ग्रामथानमा ७१ प्रतिशत मत खस्यो

Logo
Popular News आइतबार, मंसिर १६, २०८१

विराटनगर, १६ मंसिर । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि भएको उप निर्वाचनमा ७१ प्रतिशत मत खसेको छ । अध्यक्षका लागि भएको निर्वाचनमा १८ हजार ५ सय ७८ मत खसेको प्रारम्भिक तथ्याङ्क आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आज भएको मतदानमा ९ हजार ६ सय १२ जना महिला र ८ हजार ९ सय ६६ जना पुरुष मतदानमा सहभागी भएको प्रारम्भिक विवरण छ ।

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको थियो । ग्रामथानमा १२ मतदान स्थल र २९ मतदान केन्द्र कायम गरिएको थियो । विभिन्न दलबाट १५ र स्वतन्त्र १ सहित १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।
मतदान सकिएसँगै मतपेटिका सङ्कलनको काम सुरु भएको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भट्टराईले बताए । उनका अनुसार मतपेटिका सङ्कलन सकिएपछि मतगणना सुरु गरिने छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800