काठमाडौं, १ माघ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेश माथि १२६ रनको फराकिलो जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको त्रिभुवन आर्मीले निर्धारित ५० ओभरमा अलआउट हुँदै ३२० रन बनाएको थियो ।
आर्मीका लागि कप्तान विनोद भण्डारीले ९३ बलमा ९ चौका र ६ छक्का सहित ११३ रन बनाए ।
ओपनर इमरान शेख २६ तथा अर्का ओपनर सन्तोष कार्की ४२ रनमा आउट भए । कुशल मल्ल र विवेक यादवले सामान ३७ रन बनाए ।
मधेशका लागि रञ्जित कुमारले सर्वाधिक ५ विकेट लिए । विशाल पटेलले २ विकेट लिँदा रुपेश सिंह र राजेश यादवले समान १ विकेट लिए ।
आर्मीले दिएको ३२१ रनको लक्ष्य पछ्याएको मधेश ४८.३ ओभरमा १९४ रनमा अलआउट भयो । मधेशका लागि पवन सराफले सर्वाधिक ६५ रन बनाए । उनले ३ बलमा ७ चौका र ३ छक्का प्रहार गरे ।
ओपनर मयन यादवले ३४ रन बनाए । अर्का ओपनर अनिल शाहले १२ रन बनाए । रुपेश सिंहले १, विशाल पटेलले १७ रन बनाए । राजेश यादव ३२ रनमा अविजित भए ।
आर्मीका लागि साहब आलमले सर्वाधिक ४ विकेट लिए । सोमपाल कामीले २ विकेट लिए । जितेन्द्र मुखिया र कुशल मल्लले १÷१ विकेट लिए ।
पहिलो खेलमा कोशीमाथि ७ विकेटको जित हात पारेको मधेशको यो पहिलो हार हो भने आर्मीले पहिलो खेल नै जितेको हो ।