इनरुवा, २१ मंसिर । सुनसरी मिडिया प्रालिद्वारा संचालित पपुलर एफएम १७ औं वर्षमा प्रवेश गरेको छ ।
२०६५ साल मङसिर २१ गते आजको दिनबाट औपचारीक रुपमा प्रसारण सुरु भएको एफएमले १६ वर्ष पुरा गरेर १७ औं वर्षमा प्रवेश गरेको हो ।
बहुभाषिक आवाज सबहक आवाज, आवाज बिहिनहरुको अवाज स्लोगनका साथ स्थापीत भएको एफएम विभिन्न आरोह अवरोह पार गर्दै १६ औं वर्ष सफलतापूर्वक पारगरी १७ औं बर्षमा प्रवेश गरेको हो ।
सुनसरी सदरमुकाम इनरुवा २ मा मुख्य कार्यालय रहेको एफ एमले नियमित रुपमा १८ घण्टा प्रसारण हुदै आएको छ । एफएमले नियमित रुपमा दैनिक ४ पटक मैथलि र २ पटक नेपाली भाषाको समाचार र नेपाली बिबिसी सेवा समेत प्रसारण गर्दै आएको छ ।
त्यसैगरी एफएमका धार्मिक प्रवचन, मिथिला अवाज, इट्स माई च्वाइस, मेरो जिवन मेरो भोगाइ, म्युजिक रिक्वेष्ट लगायतका कार्यक्रम लोकप्रीय रहेका छन् । एफएमले नेपाली, मैथली, हिन्दी, भोजपुरी भाषाको गीतसंगीत प्रसारण हँुदै आएको प्राबिधिक चन्दन कुमार मेहताले बताए ।
एफएमलाई १६ बर्ष सफलतापुर्वक अगाडी बढाउन सहयोग गर्नुहुने सम्पूर्ण स्रोता, बिज्ञापनदाता, कर्मचारी, सुरक्षा निकायका पदाधिकारी, पत्रकार, राजनीतिककर्मी लगायतमा एफएम संचालक समितिका अध्यक्ष राजकुमार मेहताले शुभकामना व्यक्त गरेका छन । ्