मुलुकको अर्थतन्त्र क्रमश सकारात्मक दिशातर्फ अगाडि बढिरहेकोे छ : प्रधानमन्त्री दाहाल

Logo
Popular News सोमबार, माघ ०१, २०८०

बुटवल, १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारको प्रयासका कारण नेपालको अर्थतन्त्रमा गुणात्मक सुधार आएको दाबी गरेका छन्। उनले विदेशी मुद्राको संचिति इतिहासमै सबैभन्दा धेरै हुनुलाई त्यसको एउटा उदाहरणको रुपमा प्रस्तुत गरेका छन ।

नेपाल पत्रकार महासंघले सन्धिखर्कमा गरेको पर्यटन प्रवर्द्धन कार्यक्रमको उदघाटन गर्दै प्रधानमन्त्री दाहालले पर्यटन क्षेत्रमा पनि यही वर्षले नेपालको इतिहासमै सबैभन्दा धेरै पर्यटक आगमन भएको वर्षकारुपमा रेकर्ड बनाएको बताएका छन ।

बैंकको व्याजदरमा कटौती हुँदै गएको छ । सहकारी र लगुवित्तका समस्याको बिस्तारै सम्बोधन हुन थालेको छ,’ उनले भने, ‘भुक्तानी सन्तुलन, रेमिट्यान्समा वृद्धिका साथै सिथिल भएका उद्योग व्यवसायहरु क्रमश चलायमान हुन थालेका छन् । मैले सरकारको नेतृत्व गरेको एक वर्ष पूरा भएको छ । यो वर्ष सरकारको प्रयासकै कारण अर्थतन्त्रमा गुणात्मक सुधार देखिन थालेको छ ।’

उनले आफूले कार्यभार सम्हाल्दा नेपालको अर्थतन्त्र निकै त्रासदीपूर्ण रहेको र धेरै चुनौतीहरुको सामना गर्नुपरेको बताएका छन ।

प्रधानमन्त्री दाहालले मानिसमा अर्थतन्त्र डुब्यो भन्ने आतंक, संशय पनि जनतामा रहेको र एक वर्षसम्मको अनवरण प्रयासबाट देश र जनता समक्ष विद्यमान चुनौतीहरु सम्बोधन हुँदै क्रमश सकारात्मक दिशातर्फ अगाडि बढिरहेको बताएका छन ।

विश्व बैंक लगायत अन्तर्राष्ट्रिय संघ संस्थाहरुले गत हप्ता विश्वको अर्थतन्त्रको तुलनामा नेपालका अर्थतन्त्र राम्रो सुधार भएको छ भन्ने निष्कर्ष निकालेको पनि बताएका छन ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800