कोशीका नवनियुक्त मन्त्रीले लिए सपथ

Logo
Popular News शुक्रबार, माघ २६, २०८०

विराटनगर,२६ माध । कोशीका मुख्यमन्त्री केदार कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

स्वास्थ्यमन्त्रीमा कांग्रेसका प्रदीप सनुवार, सामाजिक विकासमन्त्रीमा माओवादीका राजेन्द्र कार्की, उद्योग, कृषि तथा सहकारी मन्त्रीमा कांग्रेसका रामकुमार खत्री र खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा माओवादीका नारायणबहादुर बुर्जामगरलाइ मुख्यमन्त्री कार्कीले नियुक्त गरेका हुन् ।

उनले दुई जना कांग्रेसका सांसदलाई राज्यमन्त्रीसमेत नियुक्त गरेका छन् ।

नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख पर्शुराम खापुङ तथा राज्यमन्त्रीलाई मुख्यमन्त्री कार्कीले पद तथा गोपनियताको सपथ गराए ।

आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिता कुमारी गुरूङ राम नियुक्त भएका हुन् ।

यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्रीमा शम्शेर राई, पर्यटन, वन तथा वातावरणमन्त्रीमा गणेश उप्रेती र भौतिक पुर्वाधार विकासमन्त्रीमा कमलप्रसाद जबेगु नियुक्त भईसकेका छन् । यो संगै कोशीको मन्त्रिपरिषद् १० सदस्यीय भएको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800