प्रजातन्त्र दिवसको समारोहमा प्रवेश नदिइएपछि पत्रकारले गरे क्यामेरा डाउन

Logo
Popular News सोमबार, फाल्गुण ०७, २०८०

काठमाडौँ, ७ फगुन । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा पत्रकारलाई प्रवेश दिइएको छैन । गृह मन्त्रालयले आयोजना गरेको दिवसको मूल समारोहमा सूचना विभागको प्रेस पास देखाउँदासमेत प्रवेश निषेध गरिएको हो । सोको विरोध गर्दै पत्रकारहरूलाई क्यामेरा डाउन गरेका छन् ।

आज राष्ट्रिय प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखसहितको सहभागिता रहनेछ ।

सो क्रममा सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अङ्कित ब्यानर चक्रपथ वरपर प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुँडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झन्डा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800