इनरुवाको शैक्षिक सुधारका लागि नगरपालिकालाई जिम्मेवार बन्न आग्रह

Logo
Popular News मंगलबार, फाल्गुण ०८, २०८०

इनरुवा, ८ फागुन । इनरुवाको शैक्षिक क्षेत्र सुधारका लागि सरोकारवालाहरुले नगरपालिकालाई जिम्मेवार बन्न आग्रह गरेका छन सरोकारवालाहरुले विद्यामान नगरभित्रको शैक्षिक समस्या र चुनौतीलाई अवसरमा बदल्न नगरपालिकाले समयानुकुल शैक्षिक नीति निर्माणसँगै जिम्मेवार बननु पर्नेमा जोड दिएका हुन ।

नवयुग सामुदायिक सिकाई केन्द्र इनरुवाको आयोजनामा आईतवार इनरुवामा शिक्षाः सामुदायिक विद्यालयको अवस्था, समस्या, चुनौती अवसर र सुधारका उपायहरु सरोकारवाला बिच बृहत कार्यशालामा सहभागीहरुले नगरको शिक्षा नीति निर्माणको आवश्यकता रहेको सुझाउदै सरोकारवालाहरुले शैक्षिक सुधारका लागी जोड दिएका हुन ।

इनरुवाका मेयर केदार भण्डारीले सामुदायिक विद्यालय सुधारका लागि हालसम्म नगरपालिकाबाट भएका प्रयासहरु उपलब्धीमुलक रहेकाले शिक्षाको विकास निरन्तर प्रकृया भएको बताएका थिए । उनले इनरुवाका विद्यालयमा देखिएका समस्यालाई ठोस योजना बनाएर पुरा गर्दै जाने नीति अनुसार नगरपालिकाले काम थालेको बताएका थिए ।

मेयर भण्डारीले इनरुवाका विद्यालयको भौतिक पुर्वाधार सुधारका लागि विभिन्न खालका योजनाहरु संचालनमा रहेकाले आगामी वर्षसम्म पुरा हुने जानकारी दिदै शिक्षामा गुणस्तरीयता कायम राख्न सवै क्षेत्रको सकारात्मक सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए ।

कार्यशालामा इनरुवा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अग्नीप्रसाद अधिकारीले सामुदायिक विद्यालयको वर्तमान अवश्थाका बारेमा तथ्याङ्कमा आधारित वस्तुस्थितिका बारेमा जानकारी गराउँदै विद्यालय सुधारका तीनवर्षे योजना प्रस्तुत गरेका थिए ।

नवयुग सामुदायिक सिकाई केन्द्रले कार्यशालामा प्रस्तुत कार्यपत्रमा जनप्रतिनिधिहरुको समुह, विद्यालय व्यवश्थापन समिती अध्यक्षहरुको समुह, राजनितिक दलहका प्रतिनिधिहरु रहेको समुह, नागरिक समाज तथा गैह् सरकारी संस्थाहरुको समुह, अभिभावक तथा युवा विद्यार्थीहरुको समुहले गरेको छलफलबाट प्राप्त सुझावका आधारमा प्रतिवेदन तयार पारि नगरपालिकालाई बुझाउने भएको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800