विद्यालयको ४ विघा १८ कट्ठा जग्गा खाली गराइयो

Logo
Popular News शुक्रबार, फाल्गुण ११, २०८०

इनरुवा, ११ फागुन । सुनसरीको गढी गाउँपालिका वडा नं. २ मा रहेको श्री सरस्ती मा.वि.को नाममा रहेको ४ विघा १८ कठ्ठाको प्लोट जग्गामा अनाधिकृत रुपमा अतिक्रमण गरी बनाइएका घरटहराहरु हटाएको छ ।

बिद्याालयका व्यवस्थापन समिति सदस्य, शिक्षक र जनप्रतिनिधी, स्थानीय दलप्रमुख सुरक्षाकर्मीहरुको उपस्थितिमा विद्यालयको नाममा रहेको ४ विघा १८ कठ्ठाको प्लोटको जग्गा गाउँपालिकाले खालि गराएको हो ।

गाउँपालिकाले अतिक्रमण भनी खाली गराएको जग्गाको विषयमा स्थानीयहरुले आफूहरुलाई सुचना मात्र दिएको तर नापी समयमा नगरि दिदा ठुलो धनमालको क्षति पुगेको गुनासो गरेका छन ।

तर विद्यालयका प्रधानध्यापक राम कुमार चौधरीका अनुसार आफु आउनुभन्दा ९ बर्ष अगाडिदेखि नै स्थानीय गाउँले र स्कुलको विच मुद्धा चलि रहेको हुनाले पुनरावेदन अदालत विराटनगरले स्कुलको नाममा फैसला गरि दिएकोेले एक दिन अगावै सुचना दिई जग्गा खाली गर्न लगाएको बताए ।

प्रधानध्यापक चौधरीका अनुसार स्कुललाई गाउँलेले तिर्नु पर्ने मुवाब्जा नतिरेको हुनाले स्कुलले आफ्नो जग्गा खालि गरि दिन अगाडि नै नाप जाँच गरेपनि स्थानीयहरुले नमानेर मुद्दामामिला गरेकोले लामो समयदेखि अतिक्रमण कायम रहेको थियो ।

वडा नं. २ का वडा अध्यक्ष प्रभाकर माझीले पहिलेकै जनप्रतिनिधिको पालोमा स्कुल र गाउँले विच मुद्धा सुरु भइ त्यहि मुद्धा आफूहरुको पालोमा स्कुलको पक्षमा फैसला आउँदा स्कुलले आफ्नो जग्गा खालि गराएको बताए । स्कुल सवैको साझा सम्पति भएकोले कसैले एक्लै स्कुलको सम्पत्ति उपभोग गर्न नपाउने भएकोे स्कुलले आफ्नो सम्पत्ति खालि गराएको वडा अध्यक्ष माझीले बताएका छन ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800