प्रसूति तथा स्त्रीरोग अस्पतालबाट २६ दिनको बच्चा चोरी

Logo
Popular News शुक्रबार, फाल्गुण ११, २०८०

काठमाडौँ, ११ फागुन । काठमाडौँको थापाथली स्थित प्रसूति तथा स्त्रीरोग अस्पतालबाट जन्मेको २६ दिन भएकी नवजात शिशु चोरी भएको छ । थापाथली स्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्ड भित्रबाट बच्चा बालिका चोरी भएको हो ।

काभ्रेको चौरी देउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ बर्सिया सविना श्रेष्ठले आफ्नो बच्चा चोरी भएको भन्दै प्रहरीमा सूचना दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । सूचनापछि जिल्ला प्रहरी परिसर काठमाडौँको टिमले खोजतलास सुरु गरेको छ ।

अपरिचित महिलाले ‘एकपछि म लिइदिन्छु’ भनेर छोरी लिएर फरार भएको पीडितले प्रहरीलाई बताएकी छन् । अनुसन्धान अधिकृतहरूका अनुसार बच्चा लैजाने आरोपीको हुलिया पहिचान भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800