इनरुवा, ११ फागुन । शुक्रबार औद्योगिक कच्चा पदार्थ बोकेको लरी घरमाथि पल्टिँदा मोरङको बूढीगंगा–४ को प्रगतिटोलमा एकै परिवारका दुईसहित ३ जना बालबालिकाको मृत्यु भएको छ ।
सुनसरी–मोरङ सिँचाइ योजनाको नहर हुँदै कोयलपुर जाने सडकखण्डमा मार्बल उद्योगको कच्चा पदार्थ ढुंगा बोकेको आरजे २९ जीबी १५६१ नम्बरको लरी नहरसँगै जाडिएको ज्योति अधिकारीको घरमाथि पल्टिँदा अधिकारीका ४ वर्षीया छोराछोरी इसिता र निशान्तको मृत्यु भएको प्रहरीले जनाएको छ । इसिता र निशान्त जुम्ल्याहा हुन् ।
त्यस्तै छिमेकी सन्जु खवासका १० वर्षीया छोरी रिहा खवासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरगले जनाएको छ ।