विराटनगर, ११ फागुन । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको सम्युक्त आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती स्कुल र अरनिको स्कुल विजयी भई फाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबार भएको पहिलो खेलमा कोशी मोडेल स्कुललाई सरस्वती स्कुलले ६ विकेटले पराजित गरि फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ४९ रन बनाएको थियो । जस्मा रविन मण्डलले सर्वाधिक ७० रनको योगदान दिए । सरस्वतीका अविशेक यादवले २ विकेट लिए ।
१ सय ५० रनको लक्ष्य पछ्याएको सरस्वतीले पुरै ओभर खेल्दै ६ विकेटको नोक्सानीमा सो विजयी लक्ष्य भट्टाएको थियो । जस्मा म्यान अफ द म्याच अविशेक यादवले ५६ रन बनाउँदा शिवनन्दन यादवले ३७ रनको योगदान दिए । कोशीका अमन दुलाल र रितिक यादवले २–२ विकेट लिए ।
दोस्रो खेलमा अरनिको स्कुलले सत्यनारायण स्कुललाई सुपर ओभरमा पराजित गरि फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ३ रनको योगफल तयार पारेको थियो । जस्मा म्यान अफ द म्याच अमर यादवले सर्वाधिक ३१ रनको योगदान दिए । सत्यनारायणका कुष्णकुमार यादव,सलमान कामत र आबाश यादवले १–१ विकेट लिए ।
१ सय ४ रनको विजयी लक्ष्य पाएको सत्यनारायणले निर्धारित ओभरमा ८ विकेट गुमाई १ सय ३ रन बनाएपछि खेलको नियर्ण सुपर ओभरबाट भएको हो । जस्मा आकाश यादवले सर्वाधिक ४३ रनको योगदान दिए । अरनिकोका अमन यादव र साइसोर कोइरालाले २–२ विकेट लिए ।