भण्टाबारी तिनकुनेमा राखियो नेपालको राष्ट्रिय झण्डा

Logo
Popular News शुक्रबार, फाल्गुण १८, २०८०
फोटो : विरेन्द्र साह

इनरुवा, १८ फागुन । नेपाल–भारत जोड्ने सुनसरीको कोशी गाउँपालिका ८ भाण्टाबारी स्थित तिनकुनेमा नेपालको राष्ट्रिय झण्डा राखिएकोछ ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य लगायतको टोलीले भण्टाबारी स्थित तिनकुने सिमामा राष्ट्रिय झण्डा राखेको हो ।

कोशी प्रदेशसभा सदस्य इस्राइल मन्सुरी, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मी,प्रहरी नायव उपरीक्षक नवीन कृष्ण भण्डारी, सशस्त्र प्रहरी प्रमुख, सुनसरी भन्सार कार्यालयका निमित्त प्रमुख,उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र साह, लगायतको उपस्थितिमा आचार्यले नेपाल राष्ट्रिय झण्डा राखेका हुन्।

भण्टाबारी क्षेत्रमा नेपाल र भारतको सिमा छुटाउन सजिलो होस र नेपाल प्रवेश गर्ने मानिसहरुले नेपालमा प्रवेश गरेको सहजै थाहा होस भने उदेश्यले झण्डा राखिएको प्रजिअ आचार्यको भनाई छ । उनले नेपाल भारत ओहोर दोहोर गर्ने नाकामा झण्डा राखिएकोले अव नेपालको भुमि सजिलै पहिचान हुने बाएका छन ।

नेपाल भारत सिमामा भारत तर्फ भारतले प्रवेश द्धारा निर्माण गरेको थियो भने नेपाल तर्फ कुनै देशलाई चिनाउने संकेत राखिएको थिए । झण्डा राख्ने कार्यले सिमा क्षेत्रमा नेपालको भुमिलाई अझ स्पष्ट पार्ने काम गरेको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800