दुहवीमा बिना मुअव्जा सडक विस्तारको बिरोधमा सत्याग्रह

Logo
Popular News शुक्रबार, फाल्गुण १८, २०८०

इनरुवा, १८ फागुन । दुहवी बजारका स्थानियहरुले विना मुअब्जा ६ लेनको सडक विस्तार आयोजना कार्यालयले संरचना हटाउन खोजेको भन्दै सत्याग्रह सुरु गरेका छन ।

गत माघ १२ गते ६ लेन सडक बिस्तार आयोजना कार्यालयले  सार्वजनिक सूचना जारी गर्दै कोसी राजमार्ग अन्तर्गत दुहबी बजार क्षेत्रको सडक क्षेत्राधिकारमा पर्ने संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको थियो ।

त्यसबिरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सर्वोच्च अदालतले संरचना हटाउँदा वा भत्काउँदा निवेदकहरूलाई अपूरणीय क्षति पुग्न जाने भन्दै रिट निवेदनको अन्तिम टुङ्गो नलागे सम्म विपक्षी रानी–विराटनगर–इटहरी–धरान सडक योजनालाई सार्वजनिक सूचना तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको छ ।

दुहबी रानि बिराटनगर इटहरी धरान सडक आयोजनाले मिति २०८० माघ १२ मा कोशी राजमार्ग अन्तर्गतको दुहबी सडक खण्डको ६३० मिटर बिल्ड अप क्षेत्रभित्रका सडक दायाबाया ६/६ मिटर सेड ब्याक भित्र बनेका संरचना हटाउने सम्बन्धि ३५ दिने सार्वजनिक सुचना जारि गरेपछि दुहबी बजार बासिले उक्त समय अपुग भएको भन्दै आज दुहबी नगरप्रमुख समक्ष समय थप का लागी निबेदन पनि दिएका छन्।

दुहवीका स्थानियहरुले आफूहरू विकास विरोधी नभएको र सडक बिस्तारका लागि अनेक विकल्पमा छलफल गर्न आफूहरू तयार रहे पनि महँगो मूल्यको जग्गाको कुनै मुआब्जा नै नदिई सरकारी पक्षबाट जबरजस्ती गर्ने काम भएको सङ्घर्ष समितिका संयोजक मुरली प्रसाद अग्रहरीको भनाईछ ।

स्थानियहरुले जग्गा बापतको हालको चलनचल्ती दरमा मुअब्जाको माग गर्दै सत्याग्रह सुरु गरेका हुन । साथै उनीहरुले व्यक्तिको जग्गा विना मुअब्जा सरकारले जबरजस्ती लिन नपाउने जिकिर गरिरहेका छन ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800