इनरुवा, २२ फागुन । इनरुवा नगरपालिकामा राष्टिय खोप अभियान अन्तर्गत ९ देखि १५ बर्ष मुनीका बालबालिकालाई दादुरा रुवेला खोप कार्यक्रम शुरु भएको छ ।
इनरुवा–१० जल्पापुरबाट मङगलबार खोप अभियान कार्यक्रमको शुभारम्भ इनरुवा नगरप्रमुख केदार भण्डारी गरेका छन । प्रमुख भण्डारीले खोप लगाएपछि बालबालिकालाई रोग नलाग्ने भएकाले सबैलाई खोप कार्यक्रममा मार्फत आफ्नो बालबालिकालाई खोप लगाउन आग्रह गरे ।
इनरुवा नगरपालिकाले पहिलो चरणमा विधालयका विधार्थीहरुलाई लक्षित खोप कार्यक्रम शुरु गरेको छ । इनरुवाका २८ हजार ३ सय ६९ जना बालबालिका लाई खोप लगाउने कार्यक्रम रहेको इनरुवा जनस्वास्थय शाखा प्रमुख निखिल पोख्र्रेलले बताए ।
उनले भने इनरुवाका ९ देखि १५ बर्ष सम्मका सवै बालबालिकालाई खोप लगाउनको लागी इनरुवा नगरपालिकाले व्यवस्थापन गरेकोले सवै अभिभावकहरुलाई आफ्नो बालबालिकालाई खोप लगाउन आग्रह गरे । इनरुवा नगरपालिकाले फागुन २२ देख चैत्र २ सम्म खोप संचालन हुने उनले बताए ।