इनरुवा, २ चैत । पच्छिलो समय जिल्लामा बढेको लागु औषध ओसरपसार तथा दुव्र्यसन नियन्त्रण गर्न विधार्थी र अभिभावकलाई समेत समावेस गरेर जनचेतनामुलक कार्यक्रमहरु गर्नुपर्नेमा सरोकारबालाहरुले जोड दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले आयोजना गरेको लागु औषध नियन्त्रण सम्बन्धी अभिमुखिकरण तथा अन्तरकृया कार्यक्रमका सरोकारबालाहरुले सो कुरामा जोड दिएका हुन ।
सुनसरीको इटहरीमा सम्पन्न भएको लागु औषध नियन्त्रण सम्बन्धी अभिमुखिकरण तथा अन्तरकृया कार्यक्रमका सहभागी सरोकारबालाहरुले आफुले आफैलाई र व्यक्ति, परिवार, समुदाय, गाउँ नगर हुदै देशलाई असर पार्ने लागु औषध विरुद्धको अभियानमा सबै एक जुट भएर अगाडि बढ्नुपर्ने बेला आएको बताएका छन ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले लागु औषध कुनै व्यक्तिको समस्या नभई समग्र देश र सरोकारबालाहरुको साझाँ समस्या भएकाले त्यसलाई सबै व्यक्ति, परिवार, समुदाय, राजनीतिक दल र सरकारी निकायले हातेमालो गरेर लागु औषध विरुद्धको अभियानमा जुटेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन ।
जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताको प्रमुख आथित्यता तथा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न कार्यक्रममा १२ वटै स्थानीय तहका जनप्रतिनिधिहरु, सुरक्षा निकायका उच्च पदस्थ व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।