बाँदर नियन्त्रणका लागि १५ पशु चिकित्सक र ५ रेन्जर भारतमा तालिम लिदैै

Logo
Popular News सोमबार, चैत्र ०५, २०८०

काठमाडौ, ५ चैत्र । भारतको हिमाञ्चल प्रदेशमा सञ्चालन भएको बाँदर नियन्त्रणसम्बन्धी बन्ध्याकरण तालिममा नेपालका पशु चिकित्सक र रेन्जर सहभागी भएका छन । जसमा १० पशु चिकित्सक र पाँच रेन्जर छन् ।

नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, नेपालस्थित भारतीय राजदूतावास र भारत सरकारको सहकार्यमा सञ्चालन भएको तालिममा सहभागी हुन १० चिकित्सक र ५ रेन्जर शुत्रबार भारत प्रस्थान गरेका थिए ।

बाँदर नियन्त्रणसम्बन्धी तालिममा डा. मनोजकुमार महतो, डा. रञ्जित अधिकारी, डा. बब्लु ठाकुर, डा. अनन्त कोइराला, डा. हरिनारायणप्रसाद थारू, डा. भीमप्रसाद तिमिल्सिना, डा. विनोदबहादुर कठायत, डा. सुलेश्व्र मण्डल, डा. विशाल चन्द र डा. विकास गिरी सहभागी भएका छन् ।

त्यसैगरी, रेन्जरहरू डा. चन्द्रकला राना, अक्षय चौधरी, पुरनदेव मिश्र, दीपकबहादुर चन्द र खिमराज ओली पनि एक साता लामो तालिम लिई रहेका छन ।
तालिम यही चैत ४ गते शुरु भएकोमा ११ गतेसम्म सञ्चालन हुनेछ ।

भारतमा सञ्चालन भएको तालिममा सहभागि भएका पशु चिकित्सक र रेन्जरलाई शनिबार संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बिदाइ गरेको थियो ।

नेपाली टोलीको बिदाइ गर्दै संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले तालिम नेपालमा जटिल समस्याका रूपमा देखापरेको बाँदर आतंक न्यूनीकरणका लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरेकी थिइन । यो कार्यक्रम थप प्रभावकारी बनाउन बजेट प्रबन्ध गर्न पनि उनले सरकारलाई अनुरोध गरेकी छन् ।

पछिल्लो समय नेपालको ग्रामीण क्षेत्रमा बाँदरले बालीनाली खाइदिँदा किसान समस्यामा परेका छन् । बाँदर आतंककै कारण कतिपय स्थानमा बालीनाली लगाउन छाडिएको छ भने कतिपय यसकै कारण आफ्नो थातथलो छाडेर बसाइँ सरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800