सुनसरीअस्पताल इनरुवामा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार

Logo
पारसमणी यादव बिहिबार, चैत्र १५, २०८०

इनरुवा, १५ चैत्र । जिल्ला अस्पताल सुनसरीले १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने महत्वाकांक्षी योजना सुरु गरेको छ । बुधबार देखि औपचारीक रुपमा सुरु भएको यो सेवामा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क विशेषज्ञ सहितको उपचार गरिने भएको छ ।

कोशी प्रदेश सरकारले प्रतिस्थापन विधेयक मार्फत १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारको योजना ल्याएको हो । बालबालिकाको निःशुल्क उपचार सुविधा ५० शैया भएका अस्पतालमा मात्र लागु हुने भएको छ ।

बालबालिका लक्षित निःशुल्क विशेषज्ञ सेवा बुधबारदेखि औपचारिक रुपमा सुरुआत गरिएको इनरुवा अस्पताल प्रशासनका राजकुमार मेहताले जानकारी दिए । उनका अनुसार निःशुल्क उपचार प्राप्त गर्ने बिरामी बालबालिकालाई पुर्जा अनुसारको आवश्यक जाँच तथा औषधि उपचारमा समेत निःशुल्क उपलब्ध गराइने भएको छ ।

प्रदेश सरकारको मातहतको जिल्ला अस्पताल सुनसरीमा हार्डजोर्नी विशेषज्ञ, बालरोग, सामान्य शल्यक्रिया, दन्त रोग विशेषज्ञ, आँखा रोग विशेषज्ञ सेवा, ल्याव, एक्स–रे तथा भिडियो एक्स–रे लगायत चिकित्सकीय सेवा सञ्चालनमा रहेको छ ।

निःशुल्क रुपमा बाहिरङ्ग सेवा र आकस्मिक सेवा लिनुपर्ने बिरामी बालबालिकाको हकमा कोशी प्रदेश अन्तर्गत स्थायी बसोबास भएको विवरण खुल्ने सरकारी कागजात तथा १० वर्ष मुनीको जन्मदर्ताको प्रमाणपत्र अनिवार्य हुनुपर्ने जिल्ला अस्पताल सुनसरीकी मेडिकल सुपरिटेन्डेन्ट डा. श्रेया पंगेनीले जानकारी दिईन ।

सुनसरी अस्पताल इनरुवामा इनरुवा लगायत जिल्लाका दक्षिणवर्ती सीमा क्षेत्र देवानगंज गाउँपालिका, बर्जु गाउँपालिका, हरिनगर गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, बराहक्षेत्र नगरपालिका तथा रामधुनी नगरपालिकाका अधिकांश सेवाग्राही उपचारका लागि आउने गरेका डा. पंगेनीले बताइन ।

यसअघि प्रदेश सरकारले नोबेल शिक्षण अस्पताल, विराट शिक्षण, हाम्रो अस्पताल र प्रादेशिक अस्पतालसँग सम्झौता गरी उक्त उमेर समूहका बालबालिकाको निःशुल्क उपचार सुरु गरेको थियो।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800