झुम्का कारागार भित्र कैदीको मृत्यु, कुटेर हात्या गरेको आफन्तको दावी

Logo
Popular News शनिबार, चैत्र १७, २०८०

इनरुवा, १७ चैत । झुम्का कारागार भित्र रहेका एक कैदीको मृत्यु भएको छ । शनिबार विहान ३ बजेको समयमा कतव्र्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका ४२ वर्षिय न्यायधिश राईको मृत्यु भएको हो । खोटाङ्गको सकिला गाउँपालिका घरभई इटहरी उपमहानगरपालिका ४ मा उनको घरका सदस्यहरु डेरा बस्दै आएका थिए ।

मृतक राईका आफन्तहरुले करागारभित्रै कुटेर हत्या गरेको आरोप लगाएको छ । मृतकका दाई सुभाष राईले कारागारमा भाईको हत्या भएको दावी गर्दै घटनाको छानविन गर्नुपर्ने माग गरेका छन ।

राईका भाउजुले देवर न्यायधिशको शरिरभरी निलडाम रहेको, कान सुनिएको र चोट देखिएकाले आफै कालगतीले नभई कारागारभित्रै कुटेर हत्या गरेको दावी गरिन ।

झुम्का कारागार प्रमुख धुब्र कोईरालाले जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको दावी गरेका छन । स्वास्थ्यमा समस्या रहेकोले उपचारका लागि जिल्ला अस्पताल इनरुवामा उपचारको लागि भर्ना गरेको र सोही क्रममा मृत्यु भएको प्रतिकृया कारागार प्रमुख कोईरालाले बताए ।

मृतकका आफन्तले कारागार भित्रै हत्या गरेको र करागार प्रमुखले उपचारको क्रममा मृत्यु भएको दावी गरेपनि जिल्ला अस्पताल सुनसरीका प्रमुख डा. श्रेया पंगेनीले राईलाई अस्पताल ल्याउनु अघि नै मृत्यु भईसकेको प्रतिकृया दिएको छ ।

पीडित पक्षले न्याय र क्षतीपुर्ति नदिएसम्म शवको पोष्टमार्टम गर्न नदिने र शव नबुझने अडान लिएको छ । शव इनरुवा अस्पतालमा राखिएको छ ।

आमाको हत्या गरेको आरोपमा बुवा कारागारमा रहेकोमा कारागार भित्रै मृत्यु भएपछि ८ वर्षिया छोरी मेलिना राई र १४ वर्षिय छोरा मिलन राई आमाबुवा विहिन बन्न पुगेको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800