माओवादीलाई मुख्यमन्त्री हुन कोशीमा मैले नै रोकेको हुँ : शेखर कोइराला

Logo
Popular News शनिबार, चैत्र १७, २०८०

काठमाडौं, १७ चैत । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा माओवादी केन्द्रलाई मुख्यमन्त्री दिन आफूले नै रोकेको बताएका छन् ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच माओवादीले मुख्यमन्त्री लिने सहमति भइसकेपछि पनि आफूले त्यसलाई रोकेको बताएको हो ।

कोशी प्रदेशलाई हामीहरुको मुख्यमन्त्री बन्नलाई तपाईंहरुले रोक्नुभयो भनेर दोष दिनुभयो । इन्डारेक्टली त्यो दोष मलाई नै थियो । मैले नै रोकेको हो कोशीमा । सभापतिजी लगायत पदाधिकारीजीहरु प्रधानमन्त्रीजी कहाँ गएर नेपाली कांग्रेसको आफूले भनेको व्यक्ति हुन्छ भने ठीक होइन भने तपाईहरुको उम्मेदवार बनाउनुस मुख्यमन्त्री भन्ने थियो । नेता कोइरालाले भने, त्यो मलाई स्वीकार्य हुने नै भएन ।

आफू कोशीमा माओवादीलाई कुनै पनि हालतमा मुख्यमन्त्री दिने पक्षमा नरहेको कोइरालाले खुलाए । ‘नेपाली कांग्रेसका लडाकु हामीहरु कुनै पनि हालतमा कोशी प्रदेशमा माओवादीलाई मुख्यमन्त्री दिने पक्षमा म थिइन ।

उनले चितवनको भरतपुर महानगरपालिकामा दुई कार्यकालसम्म माओवादी केन्द्रलाई मेयर पद दिँदा कांग्रेस कार्यकर्ताहरु कोही खुशी नभएको पनि बताएका छन ।

मुख्यमन्त्री माओवादीलाई दिने निर्णयको विरोधमा नेपाली काग्रेसका ८ जना र एमालेका ४० जना गरि ४८ जना सँसदको समर्थनमा बर्तमान कोशीका मुख्यमन्त्री केदार कार्की बन्नेका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800