कोशी गाउँपालिकास्थित जमुवा नहर चौकमा आगलागी हुदाँ ५० लाख भन्दा बढिको क्षति

Logo
Popular News आइतबार, चैत्र १८, २०८०

इनरुवा, १८ चैत्र । सुनसरीको कोशी गाउँपालिका ३ जमुवा नहर चौकमा भिषण आगलागी भएको छ । आगलागीबाट १० परिवारका १९ वटा घर जलेर नष्ट भएको छ ।
उक्त आगलागीमा करिब ५० लाख रुपियाँ बराबरको घर, मोटरसाईकल, सिटि रिक्सा, धान, चामल, गरगहना र चौपया क्षती भएको पीडितहरुले बताएका छन् ।
स्थानीय कादिर मियाँको घर नजिकै रहेको विधुतको पोलको तार सर्ट भई आगलागी हुँदा मियाँका साथै उहाँको बुबा महम्मद अन्सारी र दाई अबुल कलाम, छिमेकीहरु रशिद अन्सारी, इरफान अन्सारी, समला बानो अन्सारी, आरिफ अन्सारी, इस्माइल अन्सारी, समिउल्लाह अन्सारी र जैनुदिन अन्सारीको घर जलेको छ । पीडितहरुको फुस र जस्तापाता(टिना) ले छाएको घरका साथै खरले छाएको भान्साघर र गाई गोेठको घर सहित १९ वटा घर जलेर नष्ट भएको स्थानियले जानकारी दिएका छन ।
जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले दर्जन बढी घर जलेको र क्षती भएको अनुमान गरिएको जानकारी दिए । घटनास्थलमा प्रहरीले स्थालगत थप विवरण संकलन गर्ने कार्य र मुचुल्का गर्ने कार्य गरिरहेको उनले बताए ।
कोशी, बराहक्षेत्र, इनरुवा, रामधुनी र इटहरीबाट आएका दमकलका साथै स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी सहितको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800