काठमाडौ २८ चैत्रं । सरकारले भोलि चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिएको छ ।
इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा बिदा दिएको हो । गृह मन्त्रालयले बिहीबार सार्वजनिक बिदा दिइएको जनाएको छ ।
ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्व हो। ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यमा मनाइन्छ ।