महिला शिक्षकले सरुवा माग्दा शिक्षा शाखा अधिकृतले गरे ‘शारीरिक सम्बन्धको प्रस्ताव’

Logo
Popular News बिहिबार, चैत्र २९, २०८०

सुनसरी, २९ चैत्र । मोरङ कानेपोखरी गाउँपालिकामा कार्यरत महिला शिक्षकले सरुवा माग्दा शारीरिक सम्वनधको प्रस्ताव गरेको विषय बाहिर आएको छ । कानेपोखरी शिक्षा शाखा अधिकृत बेगबहादुर काफ्लेले एक महिला शिक्षिकालाई सरुवा मिलाउन शारीरिक सम्बन्धको प्रस्ताव गरेको भन्दै नेपाल शिक्षक महासंघले खेद प्रकट गरेको छ ।

नेपाल शिक्षक महासङ्घ जिल्ला समिति मोरङका अध्यक्ष कुमार पोखरेल र सचिव प्रेमप्रकाश कोइरालाले एक विज्ञप्ति प्रकाशित गर्दै काफ्लेलाई कानुन बमोजिम कारबाही गर्न सम्बन्धित पालिका र निकायलाई ध्यानाकर्षण गराएको छ ।

मोरङ जिल्ला कानेपोखरी गाउँपालिकाका शिक्षा अधिकृत बेगबहादुर काफ्लेले शिक्षकले जिल्लान्तर सरुवाको सन्दर्भमा एक महिला शिक्षकसँग शारीरिक सम्बन्धको प्रस्ताव राखेको विषय उल्लेख भएको सामाजिक सञ्जाल म्यासेन्जर च्याटका स्क्रिनसटसहित सम्बन्धित महिला शिक्षकबाट नेपाल शिक्षक महासङ्घ जिल्ला समिति मोरङमा प्राप्त भएको निवेदनमा उल्लेख भएको घटनाप्रति नेपाल शिक्षक महासङ्घ मोरङको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पदीय मर्यादा, निजामती सेवाको आचरण र आचारसंहिता विपरीत सरकारी कर्मचारीबाट भएको यस्तो निन्दनीय हर्कतप्रति खेद प्रकट गर्दछौं । सेवाग्राहीलाई निःस्वार्थ सेवा दिनुपर्ने कर्मचारीबाट भएको यस्तो व्यवहारको उचित छानबिन गरी दोषी ठहरिए प्रचलित कानुन बमोजिम कारबाही गर्न कानेपोखरी गाउँपालिका तथा अन्य सम्बन्धित निकायहरुमा ध्यानाकर्षण गराउँदै न्याय निरूपणका सन्दर्भमा नेपाल शिक्षक महासङ्घ जिल्ला समिति मोरङ पीडितका पक्षमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।’

काफ्लेले एक महिला शिक्षिकाले भनेको ठाउँमा सरुवा मिलाउन अनुचित प्रस्ताव गर्दै म्यासेज गरेका थिए । पुरानो उक्त म्यासेज अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800