काठमाडौँ, ३० चैत्र । सरकारले संसद्को चालु हिउँदे अधिवेशन बैशाख २ गतेदेखि अन्त्य गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले २०८१ वैशाख २ गते राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।
अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।