इनरुवा खानेपानी निर्वाचनमा तीन जना अध्यक्षका उम्मेदवार सहित २८ जनाले प्रतिस्पर्धा गर्दै

Logo
Popular News मंगलबार, बैशाख ०४, २०८१

इनरुवा, ४ बैशाख । इनरुवा खानेपानी उपभोक्ता संस्थाको मुल समितिको निर्वाचनमा तीन जना अध्यक्ष सहित विभिन्न पदमा २८ जना उम्मेदवारहरुले प्रतिस्पर्धा गर्ने भएको छ ।

आज मुख्य निर्वाचन अधिकृत सुकदेव मेहताद्धारा हस्ताक्षरित उम्मेदवारको नामावली अनुसार अध्यक्ष पदका लागी दाताराम पोखरेल, भेषराज पोखरेल र दिनेस कुमार सुवेदीले उम्मेदवारी दर्ता गराएका छन भने उपाध्यक्षका लागी रामलखन मेहता र महेश कुमार श्रेष्ठ, सचिव पदका लागि भुपाल प्रसाद तिम्सिना र विनोद खनाल, सहसचिव पदका लागि तुलसा दाहाल र जियालाल मेहताले उम्मेदवारी दर्ता गराएका छन । त्यस्तै कोषाध्यक्षका लागि शम्भु ठाकुर र गुणराज सुवेदीले मनोनय पत्र दर्ता गराएका छन । खुल्ला सदस्यका लागी बावुराम घिमिरे, पशुपती दाहाल, अमिरीलाल यादव, राम प्रसाद सापकोटा, राम बहादुर कटुवाल, प्रमोद कुमार देवले उम्मेदवारी दर्ता गराएको छ भने महिला सदस्यका लागि अनुदेवी आले सहित ११ जनाले उम्मेदवारी दर्ता गराएका छन ।

इनरुवा खानेपानी उपभोक्ता संस्थाको मुल समितिको निर्वाचन यहि २०८१ बैशाख १२ गते तोकिएको मुख्य निर्वाचन अधिकृत सुकदेव मेहताले बताए । उनले निर्वाचन कार्यक्रम इनरुवा खानेपानी संस्थाको कार्यालय हत्ताभित्र संचालन हुने बताए ।

निर्वाचनमा एमाले र काग्रेसले विभिन्न दल संग समन्वय गरि छुटा छुटै प्यानल बनाएको छ । जनता समाजवादी पार्टीका नेता दिलिपचन साहुका अनुसार एमाले, रास्वपा, जसपा, लोसपा र एकिकृत समाजवादीको एउटा प्यानल बनेको छ भने काग्रेस, माओवादी केन्द्र र राप्रपाको छुटै प्यानल बनेको छ ।
एमाले प्यानलले दाताराम पोखेललाई अध्यक्ष सहितको प्यानल बनाएको छ भने काग्रेस प्यानलले बर्तमान अध्यक्ष समेत रहेका दिनेश कुमार सुवेदी सहितको प्यानल बनाएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएको छ ।

इनरुवा खानेपानी उपभोक्ता संस्थाको विधान अनुसार अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, सहसचिव १, कोषाध्यक्ष १, खुल्ला सदस्य ३ र महिला सदस्य ५ गरि १३ जनाको मुल समितिका लागि निर्वाचन हुनेछ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800