विराटनगर, ७ बैशाख । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा भेला, सभा, सम्मेलन गर्न रोक लगाएको छ । बुधबार दुईसमूहको विराटनगर १५ र १७ नम्बर वडामा झडप भएपछि प्रशासन कार्यालयले सूचना जारी गर्दै भेला, सभा, सम्मेलन गर्न रोक लगाएको हो ।
जिल्ला सुरक्षा समितिमा छलफल भई मोरङ जिल्लाको शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न आज मिति २०८१।०१।०६ गते विहान १०ः०० बजे देखी अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङसँग समन्वय नगरी राजनैतिक सभा, सामाजिक भेला, धार्मिक गतिविधि लगायत सवै प्रकारको –याली, भेला, प्रदर्शन कार्यक्रम नगर्न/नगराउन हुन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना जारी गरिएको छझ, सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपकुमार साहले जारी गरेको सूचनामा उल्लेख छ ।