काठमाडौँ, ७ बैशाख । जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । शुक्रबार संसद् सचिवालयको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् ।
सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिस गरेको थियो । शर्माको चैत ४ गते निधन भएको थियो ।
जसपाबाट समानुपातिक सांसद बनेकी शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनीत भएकी थिइन् ।