इनरुवा, १६ बैशाख । इनरुवा खानेपानी उपभोक्ता संस्थाको कार्य समिति चयनका लागि भरखरै निर्वाचन सम्पन्न भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा अन्य साना दल सम्लित छुट्टा छुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिए पनि दुवैे प्यानल भित्रका सवै मधेसी उम्मेदवारहरु पराजित भएका छ । यसले मधेसीलाई निषेध गरिएको आरोप लगेको छ ।
निर्वाचनमा नेकपा एमाले प्यानलबाट दाताराम पोखरेल अध्यक्ष पदमा निर्वाचित भएका छन । उनी एमाले निकटका हुन ।भने काग्रेस प्यानलका अध्यक्षका उम्मेदवार दिनेश सुवेदी पराजित भएका छन । उनी काँगे्रसी हुन ।
खानेपानी निर्वाचनमा एमाले, रास्वपा, जसपा, लोसपा र एकिकृत समाजवादीको एउटा प्यानल बनेको थियो भने काग्रेस, माओवादी केन्द्र र राप्रपाको छुटै प्यानल बनेको थियो ।
खानेपानी उपभोक्ता संस्था निर्वाचनमा अध्यक्ष पदमा ६४ मत प्राप्त गर्दै पोखरेल विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी दिनेशकुमार सुवेदीले ५१ मत प्राप्त गरेका थिए भने अर्का उम्मेदवार भेषराज पोखरेलले पाँच मत प्राप्त गरेका थिए ।
यसैगरि उपाध्यक्षमा नेपालीको कांग्रेसको प्यानलबाट उम्मेदवारी दिएका नेकपा एसका महेश श्रेष्ठले ६९ मत ल्याएर निर्वाचित भएका छन । उनले एमाले प्यानलबाट उम्मेदवारी दिएका लोसपामा रामलखन मेहतालाई पराजित गरेका हुन । मेहताले ४९ मत प्राप्त गरेका थिए ।
सचिव पदमा नेपाली कांग्रेसको प्यानलबाट उम्मेदवारी दिएका विनोद खनाल निर्वाचित भएका छन । उनले ६० मत प्राप्त गरेका थिए ।
उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेको प्यानलबाट उम्मेदवार बनेका भुपाल तिमिल्सिना ५८ मत प्राप्त गरेका थिए ।
सहसचिव पदमा नेकपा एमालेको प्यानलबाट उम्मेदवारी दिएकी तुलसा दाहाल ६८ मत प्राप्त गर्दै विजयी भएका छिन । उनले कांग्रेस प्यानलका उम्मेदवार जियालाल मेहतालाई पराजित गरेकी हुन । मेहताले ४९ मत प्राप्त गरेका थिए।
यसैगरि कोषाध्यक्ष पदमा पदमा नेपाली कांग्रेसको प्यानलबाट गुणराज सुवेदी निर्वाचित भएका छन । उनले ५९ मत प्राप्त गरेका थिए । उनको निकटतम प्रतिद्धन्द्धी नेकपा एमाले प्यानलबाट निर्वाचित जसपाका उम्मेदवार शम्भु ठाकुरले ५५ मत प्राप्त गरेका थिए ।
इनरुवा खानेपानी उपभोक्ता संस्थाको कार्यसमितिको महिला सदस्य पदमा नेपाली कांग्रेसको प्यानलबाट उम्मेदवारी दिएका राप्रपाकी सुमी रानामगर, कांग्रेसकी सुनिता पोखरेल ढुड्डेल र सोही प्यानलबाट उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी लिला दाहाल निर्वाचित भएका छन ।
महिला सदस्य पदमा नेकपा एमाले प्यानलबाट उम्मेदवारी दिएका अनुदेवी आले र उमाकुमारी चापागाई निर्वाचित भएका छन । यसैगरि सदस्य पदमा नेपाली कांग्रेसको प्यानलबाट उम्मेदवार बनेका रामबहादुर कटुवाल बिजयी भएका छन ।
त्यस्तै एमालेको प्यानका उम्मेदवार पशुपति दाहाल र बाबुराम घिमिरे बिजयी भएका छन । एमाले प्यानलबाट विजयी दाहाल भने राष्ट्रिय स्वतन्त्र पार्टी निकट हुन ।
इनरुवा खानेपानी निर्वाचनमा १३३ जना मतदाता रहेकोमा काग्रेस सहितको प्यानल पक्षका ६५ जना र एमाले सहितका प्यानल पक्षधर ६८ जना मतदाता रहेको प्यानल निर्माणकर्ताहरुको दाबी छ ।
इनरुवा खानेपानी उपभोक्ता संस्थाको विधान अनुसार अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, सहसचिव १, कोषाध्यक्ष १, खुल्ला सदस्य ३ र महिला सदस्य ५ गरि १३ जनाको मुल समितिका लागि निर्वाचन भएको हो ।
निर्वाचनको नतिजाको अवस्था
इनरुवा खानेपानीको निर्वाचनमा दुई छुटाछुटै प्यानल बिच प्रतिस्पर्धा भए पनि नतिजा मिश्रित आएको छ । एमाले सहितको प्यानलबाट अध्यक्ष सहितका ६ जना निर्वाचित भएका छन भने काग्रेस प्यानलबाट उपाध्यक्ष, सचिव सहित ७ जना निर्वाचित भएको छ ।
दुवै प्यानलबाट मधेसी आउट
काग्रेस र एमाले प्यानलमा उम्मेदवार बनेका मधेसी समुदायको उम्मेदवारहरु दुवै प्यानलबाट आउट भएका छन । काग्रेस प्यानलबाट उम्मेदवार भएका जियालाल मेहता, प्रमोद कुमार देव र लक्ष्मी मेहता तीनै जना पराजीत भए । यी तीनै जना काग्रेस समर्थक हुन । यिनीहरुलाई पार्टी सर्मथित मत पनि आएन । प्यानलको मत पनि पाएन ।
एमाले सहितको प्यानलमा एमालेले आफ्नो पार्टीका मधेसी समुदायका उम्मेदवार उठाएका थिएन तर लोसपा र जसपाबाट प्यानलमा उम्मेदवार उठाएका थिए। जसमा रामलखन मेहतालाई उपाध्यक्ष पदमा, शम्भु ठाकुर कोषाध्यक्ष पदमा, विमलादेवी उराँव, अमिरीलाल यादव र शिलादेवी पाठक सदस्य पदमा उम्मेदवार थिए तर उम्मेदवार भएका पाँचै जना पराजित भएका छन ।
दुवै प्यानलबाट मधेसी समुदायको उम्मेदबारहरु सवै पराजित भए । एमालेका पोखरेल ६४ मतका साथ अध्यक्षमा निर्वाचित भईरहदा उपाध्याक्ष सहित मधेसी उम्मेदवारहरु औषतमा १५/२० मत घटी पाए । काग्रेस प्यानलका उपाध्यक्ष, सचिव निर्वाचित भईरहदा प्यानलका मधेसी उम्मेदवार सवै पराजित भए ।
दुवै प्यानल गरि ८ जना विभिन्न पदमा मधेसी समुदायका उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्धा गरे सवै जना पराजित हुने र पहाडी समुदायको सवै पदमा दुवै प्यानलबाट विजय हुने अवस्थाले मधेसीलाई पार्टी र प्यानल जुन भए पनि स्वीकार नगरेको प्रष्ट छ ।
जसपा नेता दिलिप चन साहुले एमालेको २० मत विपक्षी प्यानलको पहाडीया उम्मेदवारलाई दिएको, बेचेको, साटासाट गरेको आरोप लगाएको छ । उनले १२ मतपत्रमा अध्यक्षमा पोखरेला, सचिवमा तिम्लसिनालाई टिक लगाएपनि कोषाध्यक्षका उम्मेदवार शम्भु ठाकुरकोमा खाली छोडयो । यसले गर्दा एमालेले हामी संग बेइमानी गरेको उनको आरोप छ ।
काग्रेस भित्र अन्तरघात
काग्रेस भित्रका एक खेमाले काग्रेस प्यानलमा काग्रेसकै अध्यक्ष पदका उम्मेदवार दिनेश सुवेदीलाई मत दिएन । जसले गर्दा उनी पराजित भए ।
काग्रेसबाट अध्यक्षका उम्मेदवार सुवेदीले काग्रेसको अन्तरघातले गर्दा आफु पराजित हुनु परेको आरोप लगाएको छ । सचिव विनोद खनाल लाई जिताउनका लागी रातारात एमाले संग आन्तरिक तालमेल गरि आफुलाई हराएको उनको बुझाई छ । उनले भने संजय श्रेष्ठ र राजन मेहताको समुहले खनाललाई सचिवमा जिताउनका लागि एमाले संग तालमेल गरेको उनको आरोप छ । उनले भने, १८ मत जति काग्रेस र एमाले बिचमा साटासाट भयो, जसले गर्दा आफु पराजित हुन पर्यो ।
काग्रेस सम्बद्ध मधेसी उम्मेदवार जियाला मेहता, लक्ष्मी मेहता र प्रमोद कुमार देव समेत लाई काग्रेसी एक खेमाले मत दिएन । जसले गर्दा काग्रेसी प्यानलका उपाध्यक्ष, सचिव लगायत विजय भईरहदा मधेसी उम्मेदवारहरु पराजित भए ।
सहसचिव पदका उम्मेदवार जियालाल मेहताले काँग्रेस समर्थक मतदाताले पनि भोट दिएन । प्यानलका मधेसी अन्य उम्मेदवारलाई पनि भोट नदिएको कारण प्यानलका सवै मधेसी उम्मेदवार पराजित हुनुपरेको उनको आरोप छ । उनले काँग्रेस भित्रको गुटबन्दीले गर्दा आफु पराजित हुनु परेको अरोप लगाएका छन ।
इनरुवा खानेपानी निर्वाचनले दिएको संन्देश
इनरुवा खानेपानी निर्वाचनले कांग्रेस र एमाले सँगको छुटाछुटै प्यानल बनाए पनि निर्वाचनमा मधेसीलाई निषेध गरेको चर्चा चलेको छ । दुवै प्यानलका सवै मधेसी उम्मेदबार पराजित हुनुले पहाडीले मधेसीलाई स्वीकार नगर्ने प्रवृतिको निरन्तरता भएको मधेसी नेता सन्तोष मेहताको भनाई छ । यसले समुदायमा मधेसी र पहाडी बिचको विभाजन गराउने काम पहाडी समुदायको अगुवाहरुले नै गर्ने गरेको र कांग्रेस र एमालेमा पनि त्यस्तै वर्गले नेतृत्व गर्ने भएकोले यस्तो नतिजा आएको मेहताको भनाई छ ।
जसपा नेता साहले इनरुवामा पहाडी समुदायले मधेसीको मत लिने तर दिन कहिल्यै नजानेको बताउँछन । इनरुवामा ८५ प्रतिशत मधेसी भएको तर निर्वाचनहरुमा पहाडीहरुलाई मत दिएर मधेसीले विजाय गराउदै आएपनि उनीहरुले मधेसीलाई स्वीकार गर्न नसकेको खानेपानी निर्वाचनको नतिजाले प्रष्ट देखाएको उनको भनाई छ ।
इनरुवा खानेपानीको नतिजाले मधेसी उम्मेदवारहरु पराजित हुनुले समुदायको प्रतिनिधत्वलाई निषेध गर्ने खेलले समाजिक अपनत्व नहुने इनरुवाका बुद्धिजिवीहरुको भनाई छ । सवै समुदायको प्रतिनिधत्व हुन गरि विकास निर्माण कार्यमा सहभागीता हुने विषयलाई निधेष गर्नु कदापी ठिक नहुने उनीहरु बताउँछन ।