जसपा नेपाल विभाजन, अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताकोलागि आयोगमा निवेदन

Logo
Popular News आइतबार, बैशाख २३, २०८१

काठमाडौं, २३ वैशाख । सत्तारुढ जनता समाजवादी पार्टी विभाजित भएको छ । अशोक राईसहित ७ सांसद र २९ जना केन्द्रीय कार्यकारीणी सदस्यहरू नयाँ दल दर्तका लागि दिएको निवेदन निर्वाचन आयोगमा दर्ता भएको छ ।

राईसहित सांसदहरू नवलकिशोर साह सुड्डी, रञ्जु झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसीना खान र सुशीला श्रेष्ठले निवेदन दिएका छन् । साह संघीय सरकारमा वन तथा वातावरण मन्त्री समेत छन् ।

उपेन्द्र यादवको साथमा  सांसदहरु प्रकाश अधिकारी, राजकिशोर यादव, दिपक कार्की,  रेखा यादव र यादव सहितगरि ५ जना मात्र बांकी छ । जसपा नेपालसँग संघीय संसद्मा १२ सांसद छन् ।

अध्यक्ष यादवको कार्यशैलीमा असन्तुष्टी जनाउँदै संघीय परिषद्का अध्यक्ष अशोक राईको नेतृत्वमा विभाजित भएको हो । राईको नेतृत्वमा गठित पार्टीको नाम ’जसपा’ मात्र राखिएको छ ।

बर्तमान सत्ता गठबन्धन ढाल्न खोजेपछि नयाँ पार्टी बनाएको स्पष्टिकरण

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन नै ढाल्ने कोसिस गरेपछि आफूहरुले नयाँ पार्टी नै गठन गरेको संघीय वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले दाबी गरेका छन् ।

आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका बहालवाला मन्त्री साहले सरकारको स्थायित्वका लागि आफूहरुले यस्तो कदम चाल्नु परेको स्पष्टिकरण दिएको छ । म आफैं मन्त्री छु सरकारलाई दिएको समर्थन जारी रहन्छ ,मन्त्री साहले भने ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800