राजनीति झेलका विच हिक्मतकुमार कार्की तेस्रो पटक बन्ने मुख्यमन्त्री

Logo
Popular News बिहिबार, बैशाख २७, २०८१

विराटनगर, २७ बैशाख । कोशी प्रदेशका मुख्यमन्त्रीको रुपमा तेस्रो पटक हिक्मतकुमार कार्की नियुक्त भएका छन् । प्रदेशमा सरकार बनाउने झेलका विच उनी तेस्रो पटक मुख्यमन्त्रीमा नियुक्त हुन सफल भएका हुन ।

पहिलो पटक उनी २०७९ पुस २८ मा एमाले–माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका थिए । दोस्रो पटक भने संविधानको धारा १६८ (२) अनुसार सरकार बन्न नसक्दा सर्वोच्च अदालतको परमादेशबाट उपधारा (३) अनुसार ठुलो संसदीय दलको नेताको हैसियतमा २०८० भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

केन्द्रीय सत्ता राजनीतिमा गठबन्धन फेरबदल भएसँगै तेस्रो पटक कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि २०७९ पुस २८ र २०८० भदौ २२ गते गरी दुई पटक मुख्यमन्त्री बनेका थिए ।

प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार नयाँ सरकार गठनको आह्वान गरेअनुसार बिहीबार दिउँसो कार्कीलाई संविधानको धारा १६८ को उपधारा (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800