चतराधाममा बाह्र बर्से पूर्ण महाकुम्भ मेला समापन

 महाकुम्भमा चालिस लाख भक्तद्वारा दर्शन
Logo
Popular News शनिबार, बैशाख २९, २०८१

इनरुवा, २९ बैशाख । सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत रुपमा पूजार्चना एवं स्नान गरी शुक्रबार समापन भएको छ ।
वराहक्षेत्रस्थित सप्तकौशिकी नदीमा चार वटा महाकुम्भ शाही स्नानसँगै महाकुम्भ मेला भव्य रूपमा आयोजना भएको र मेलाका क्रममा ४० लाखभन्दा बढी भक्तजनले कुम्भस्नान तथा वराह भगवान्को दर्शन गरेका मेला आयोजक समितिले जनाएको छ ।

महाकुम्भ मेलाको समापन समारोहमा मूल समारोह समिति मातहतका २६ समिति, सहयोगी संघसस्था, शैक्षिक संस्था, इन्टरनेट सेवा प्रदायक, स्वास्थ्य सेवा प्रदायक चतरा अस्पताल, सुरक्षाकर्मीलगायत संस्थालाई समापन कार्यक्रममा जगद्गुरु बाल सन्तले सम्मान गरका थिए । २ हजार सुरक्षाकर्मी, १ हजार ६ सय स्काउट स्वयंसेवक कुम्भ मेलामा परिचालन गरिएको आयोजक समितिको भनाइ छ ।

समापन समारोहमा कोसी प्रदेश सभा सदस्य इस्रायल मन्सुरी, नेपाल सरकारका मुख्य सचिव वैकुण्ठ अर्याल, बाग्मती प्रदेशकी सचिव हुमकला पाण्डे, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलगायत जनप्रतिनिधि र कर्मचारी समापन समारोहमा सहभागी भए ।
मेला आयोजना गर्न सङ्घीय सरकारले रु.७० लाख र प्रदेश सरकारले रु.५५ लाख प्रदान गरेको थियो । मेलाको समुद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए । मेला गत चैत २७ गते सुरु भएको थियो।

प्राचीन हरिद्वारका नामले समेत प्रसिद्ध चतराधाममा २०५९ सालेखि पूर्णमहाकुम्भ मेला आयोजना हुँदै आएको छ । चतराधाममा प्रत्येक छ वर्षमा अर्धकुम्भ र बाह्र वर्षमा पूर्णकुम्भ मेला लाग्नेगरेको छ

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800