सप्तकोशी न्युरो अस्पताल संचालन

Logo
Popular News बुधबार, जेठ ०९, २०८१

इनरुवा, ९ जेठ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ मा नीजी लगानीमा ५० सैयाको सुविधासम्पन्न अस्पताल सञ्चालनमा आएको छ । सुनसरी खोला र पूर्व पश्चिम लोकमार्गसगैं सप्तकोशी न्युरो हस्पिटल प्रा.लि.सञ्चालनमा आएको हो ।

अस्पताल संचालक डा. रामबाबु गिरीले आज पत्रकार सम्मेलन गर्दै ६० करोड लगानीमा भोक्राहा नरसिंहमा आधुनिक उपकरण सहितको ५० शैयाको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा ल्याएको जानकारी दिए । उनले अस्पतालको उद्घाटन भने विहीबार पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको बताए ।

स्थानीय तहमा नै स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले ६० करोडको लगानी र एक सय बढीलाई प्रत्यक्ष रोजगार तथा दैनिक सयौंलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्ने गरी अस्पताल सञ्चालनमा ल्याएको डा. गिरीको बताए ।

अस्पतालमा निःशुल्क विरामी ओपीडि जाँच, भिडियो एक्सरे, एक्सरे, सीटी स्क्यान, ल्याव, इसीजी, आईसीयु, एनआईसीयु, भेन्टिलेटर, न्युरो सर्जरी शल्यकृया, हाडजोर्नी शल्यकृया, जनरल, मेडिकल, प्याथोलोजी, गाइनो,डेरीभरी सम्बन्धी शल्यकृया, फार्मेसी, रेडियोलोजी, फिजियोथेरापी र माइनर ओटी लगायतका सेवाहरु प्रदान गर्ने डा. गिरीले जनाकारी दिए ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800