कोशी प्रादेशिक प्रहरी अस्पताल संचालनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Logo
Popular News शुक्रबार, पुष १३, २०८०

काठमाण्डौ, १३ पुष । कोशी प्रदेश प्रहरी अस्पताल इनरुवामा नै संचालन गर्नुपर्ने माग राख्दै सुनसरीका क्रियाशिल राजनीतिक दलहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर–२ स्थित जिल्ला समन्वय समिति सुनसरी इनरुवाको परिसरमा निर्माण गरिएको कोशी प्रदेश प्रहरी अस्पताललाई उद्घाटन र संचालन गर्न ढिलासुस्ती भइरहेकोले इनरुवामै संचालन  गर्नका लागि सुनसरीका राजनीतिक दलहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।

इनरुवा स्थित जिल्ला समन्वय समिति सुनसरीको परिसरमा प्रहरी अस्पतालको सम्पूर्ण पूर्वाधारहरु अस्पताललार्ई दिएको हुदाँ त्यसको सम्पूर्ण तयारी पूरा भई उद्घाटन गर्न मात्र बाँकी रहेकाले संचालन र उद्घाटनका लागि ज्ञापनपत्र मार्फत जानकारी गराएको हो ।

कोशी प्रादेशिक प्रहरी अस्पताल इनरुवाबाट अन्यत्र नसार्न आग्रह गरिएको छ । अस्पताल अन्यत्र सरेमा सुनसरीबासी आन्दोलनमा उत्रने चेतावनी समेत दिइएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

सुनसरीका टोलिले प्रधानमन्त्री, गुहमन्त्री सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई कोशी प्रदेश प्रहरी अस्पताल इनरुवामा राख्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका छ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800