हरिनगरमा डिजे बजाउन प्रतिबन्ध

Logo
Popular News बुधबार, जेठ ०९, २०८१
फायल तस्वीर

इनरुवा, ९ जेठ । सनसरीको हरिनगर गाउँपालिका क्षेत्रभित्र ठूलो आबाजमा डिजे बजाउन प्रतिबन्ध लगाएको छ ।
ध्वनी प्रदुषणले सामुदायका जेष्ठ नागरिक तथा मुटु रोगीलाई समेत असर पारेको गुनासोलाई ध्यानमा राखेर गाउँपालिका भित्र अत्यधिक ध्वनी प्रदुषण गरिने डिजे बजाउन पूर्ण रुपमा प्रतिबन्ध लगाएको हो ।

गाउँपालिकाका अध्यक्ष गफार अंसारी मियाँद्धारा हस्ताक्षरित सूचनामा गाउँपालिका अन्र्तगत हुने विभिन्न कार्यक्रमहरुमा ठुलो आबाजमा बाजा तथा डिजे बजाउने कार्यले ध्वनी प्रदुषण हुनुको साथै नागरिकको स्वास्थ्यमा प्रत्यक्ष रुपले नकारात्मक असर पर्ने भएको हुँदा ठुलो आबाजमा बाजा तथा डिजे बजाउन पूर्ण रुपमा प्रतिबन्ध लगाएको उल्लेख गरेको छ । साथै उल्घंन गरिए कानुन बमोजिम कारवाही हुने समेत सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800