इनरुवा, १० जेठ । नेकपा एमाले सुनसरीको ८ औ अधिवेशनबाट मुख्य पदाधिकारीहरुमा निलम खनालको प्यानल निर्वाचित भएको छ ।
आठौँ जिल्ला अधिवेशन अन्तर्गत बुधवार साँझ सम्पन्न अन्तिम मतपरिणामा खनालले ३ सय ८३ मत ल्याएर निर्वाचित भएका हुन । खनालले निकटतम प्रतिद्वन्द्वी खेमराज पोखरेललाई ९६ मतले पराजित गरेका छन् । पोखरेलले २ सय ८७ मत मात्र ल्याए ।
उपाध्यक्षमा पर्शुराम यादवले ३ सय ३२ मत ल्याएर विजयी भएका छन् । उनले प्रतिस्पर्धी नन्द बस्नेतललाई ३ मतको झिनो अन्तरले पराजित गरेका छन् । यादवले ३ सय ३२ ल्याउँदा बस्नेतले ३ सय २९ मत ल्याएका छन ।
सचिवमा राम कोइराला विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी पदम लिम्बुलाई १ सय १७ मतले पछि पार्दै निर्वाचित भएका हुन । कोइरालाले ३ सय ८७ मत ल्याउँदा लिम्बुले २ सय ७० मत मात्र ल्याए ।
उपसचिव महिलामा इन्द्रकला राई निर्वाचित भएकी छन् । उनले कमला मगरलाई २ सय ४७ मतले पछि पार्दै निर्वाचित भएकी हुन । राईले ४ सय ३८ मत ल्याउँदा मगरले १ सय ९१ मत मात्र ल्याइन ।
उपसचिवमा देवानन्द मेहतालाई १ सय ८८ मतले पछि पार्दे यामकुमार सुब्बा विजयी भएका छन् । सुब्बाले ३ सय ८५ मत ल्याउँदा मेहताले १ सय ९७ मत मात्र ल्याएका छन
जिल्ला कमिटीको सदस्य पदमा ४६ जना विभिन्न क्षेत्रवाट निविरोध निर्वाचित भएका छन भने बांकी सदस्य पदका लागि प्रस्पिर्धाबाट निर्वाचित भएका छन ।
उपाध्यक्ष पदमा निर्वाचित परशुराम यादवले मतदान गर्ने सवैलाई धन्यवाद दिदै सवैलाई समेटेर एमाले सुनसरीलाई बलियोे बनाउने प्रतिवद्धता जनाएका छन ।
यता अध्यक्ष पदमा पराजित भएपछि खेमराज पोखरेलले अध्यक्षको प्रत्यासी मलाई विश्वासका साथ पार्टीमा हुर्किरहेको सांगठानिक अराजकता लाई अन्त्य गर्न मदतान गर्नुहुने सवैलाई सामाजिक सञ्जाल मार्फत धन्यवाद दिएका छन ।